०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०७, २०७८

नेपालगन्ज – बाँकेमा पाटेबाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार राप्तीसोनारी–६ डाँडाटेपरीका ६० वर्षका धनबहादुर चलाउनेको शनिबार बिहान राप्ती पीडित सामुदायिक वनमा दाउरा गर्न गएको बेला महुवा खोला नजिक बाघको आक्रमणबाट मृत्यु भएको हो।

वन कर्मचारी र स्थानीयले खोजी गर्ने क्रममा बिहान १० बजेतिर घाँटीमा रगत चुसेर मारेको अवस्थामा शव फेला परेको थियो। शव नजिकै स्थानीयले बाघलाई पनि देखेका थिए।

यसअघि राप्तीसोनारी–१ गाभरमा भारतीय नागरिक, वडा नं. ४ का ५६ वर्षिया लीला विष्ट, वडा नं. ६ की ३२ वर्षिया चाँदनी थारु र नरैनापुर गाउँपालिकामा एक जनाको बाघ आक्रमणबाट ज्यान गइसकेको छ। बाँकेमा ५ महिनाको अवधिमा पाटेबाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]