सप्तरी – बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन् । बझाङको बुङ्गल नगरपालिका ९ बस्ने ३० वर्षीय मानबहादुर धामी पक्राउ परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
धामीलाई विषेश सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । उनका अनुसार झोलामा चरेश लिएर पैदल हिडिरहेका बेला धामीलाई बैतडीको पुर्चौडी नगरपालिका ६ बाट पक्राउ गरेका हो। उनलाई बिहीबार राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।
पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा ल्याउँदै गरेको उनले जनाए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।