०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

सप्तरी – डाक्टर बन्न भारतबाट युक्रेन पुगेका नविन जो खानेकुरा किन्न निस्किँदा युद्धको सिकार भए
नविन एमबीबीएसको चौथो वर्षमा थिए। खारकिभ नेशनल मेडिकल युनिभर्सिटीका उनी खानेकुरा अभाव भएपछि किन्न बाहिर निस्किएका थिए। फ्रिडम स्क्वायर नजिकै भएको विस्फोटमा उनी परे र उनको जीवनको सबै यात्रा ठप्प भयो। २१ वर्षका नविन शेखरप्पा ज्ञानगौदर भारतको कर्नाटकका युवक हुन् जसले युक्रेनमा रसियाको आक्रमणमा ज्यान गुमाए। पहिलो भारतीय नागरिक जो रसियनको आक्रमणको सिकार बन्न पुगे।

‘छोरोलाई लिएर हाम्रो ठूलो सपना थियो जुन अहिले चकनाचुर भएको छ,’ नविनका बुवा शेखरप्पा ज्ञानगौरले भने। उनी कागज कारखानाका अवकासप्राप्त कामदार हुन् र नविन उनको कान्छो छोरो।

‘प्रि युनिभर्सिटी’कोर्समा ९७ प्रतिशत स्कोर गरेका थिए नविनले। राम्रो अंक ल्याए पनि भारतको शैक्षिक व्यवस्था अनुसार पैसा तिरेर पढाउन सस्तो छैन। त्यसैको कारण विदेशको बाटो रोज्न वाध्य भए छोराको पढाइका लागि।

‘भारतमै निजी मेडिकल कलेजमा पढाउने हो भने ८५ लाख देखि १ करोड रुपैयाँ लाग्ने देखियो,’ शेखरप्पाले भने, ‘त्यसैले युक्रेन पठाउने निर्णय गरेको थिएँ। त्यो अहिले मेरा लागि झन् महँगो सावित भएको छ।’

भारतको राजनीतिक, सामाजिक शैक्षिक अवस्थाले शेखरप्पालाई छोरो विदेश पठाउनुको विकल्प मिलेन। ‘क्षमता हुँदाहुँदै पनि यहाँको प्रणालीका कारण उसले सिट पाउन सकेन,’ शेखरप्पालाई उदृत गर्दै पीटीआईले लेखेको छ, ‘यहाँको राजनीतिक प्रणाली, शैक्षिक प्रणाली र जातीय मुद्दाले बहिस्कृत गर्‍यो। यहाँ सबै निजी क्षेत्रकै बाहुल्यतामा चलेको छ।’

भारतमै पढाउन नसकेपछि छोरालाई युक्रेन पढ्न पठाउने तय गरेका थिए उनका बुवाले। साथीभाइ र आफन्तसँग ऋण लिएर युक्रेनमा एमबीबीएस पढ्न पठाए। नविन साथीहरुसँगै एउटा अपार्टमेन्टमा बस्थे। जब युद्ध सुरु भयो उनले दिनमा पाँचदेखि ६ पटक घरमा कल गर्थे। सम्भावित विस्फोटबाट बच्नका लागि फ्ल्याट मुनिको बंकरमा बसेको परिवारलाई जानकारी गराएका पनि थिए।

त्यही युनिभर्सिटीमा अध्ययनरत अमित वैश्यकाअनुसार बिहान ६ बजे उनी खानेकुरा किन्नका लागि नजिकैको मार्टमा गएका थिए। ‘बिहान ७:५८ मा एक जना साथीलाई मोबाइलमा पैसा पठाउन उनले म्यासेज गरेका थिए। ८:१० बजे उनको मृत्यु भइसकेको खबर त्यही फोनमा आयो,’ अमितले भने, ‘हामीलाई त्यहाँका स्थानीयले खबर गरे। हाम् त्यसयता लगातार चार दिन बंकरमा नै बसेका छौं – खाना र पानीको पर्याप्त नभए पनि।’

आगामी जुनमा आठौं सेमेस्टरको परीक्षा सक्ने र त्यसपछि इन्टर्नसिप गर्ने खबर नविनले दाजु हर्षलाई दिएका थिए। हर्ष बैगलौरमा पीएचडी गर्दैछन्। भाइको पढाईको विषयमा उनीसँग छलफल भइरहन्थ्यो।

‘उसलाई सधैंका लागि गुमायौं भन्ने अझै विश्वास भइरहेको छैन,’ सोही युनिभर्सिटीमा दोस्रो सेमेस्टरमा एमबीबीएस गरिरहेकी नन्दिनी एसीले भनिन्। कलेजको ह्वाट्स एप ग्रुपमा नविनको मृत्युको खबर सेयर भएको थियो।

‘हामी नयाँ वर्षमा फ्रिडम स्क्वायरमा सँगै गएका थियौं। मंगलवार त्यो भवन पनि ध्वस्त भयो। नविन जसरी बित्यो त्यो भवन पनि…’, उनले भनिन्। युक्रेनमा पढ्न पुगेका विद्यार्थीहरु अहिले जीवन मरणको दोसाँधमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]