०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १९, २०७८

बेलारुस – हाल रुसले युक्रेनमा आक्रमण गरेको आज आठौं दिन भइसकेको छ। युद्ध रोकिने अवस्था छैन।

यसबीचमा युक्रेनमा रहेका विदेशी नागरिक तथा विद्यार्थीहरुलाई युक्रेनको छिमेकी युरोपेली देश तिर जान आग्रह गरिएको छ।

भारतले पनि आफ्ना नागरिकलाई पोल्यान्ड, रोमानियाजस्ता युक्रेनको छिमेकी राष्ट्र जान भनेको छ। युक्रेनमा युद्ध चलेकाले त्यहाँ विमानहरु गएका छैनन्।

यसबीचमा ज्यान बचाउन भारतीय विद्यार्थीहरु पोल्यान्डमा शरण माग्न पुगेका थिए। तर पोल्यान्डका सैनिकहरुले सयभन्दा बढी भारतीय नागरिकलाई कुटपिट गरेर युक्रेन नै फर्काइदिएको बेलारुसले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा बेलारुसका राजदूत भ्यालेन्टिन रयबाकोभले पोल्यान्डका सुरक्षाकर्मीले भारतीय विद्यार्थीमाथि कुटपिट गरेको बताएका हुन्।

उनका अनुसार २६ फेब्रुअरीमा भारतीय नागरिकहरु युद्ध छल्दै पोल्याण्डको सीमा क्षेत्रमा पुगेका थिए। तर शरण दिनुको साटो उनीहरुमाथि कुटपिट भयो।

हाल यतिबेला ती विद्यार्थीहरु रोमानियाको शरणार्थी केन्द्रमा भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]