सप्तरी आज बुधबार थप २०जानामा कोरोना संक्रमितहरु पुष्टी भएको छन । थप कोरोना संक्रमित को संख्या संगै सप्तरीको कुल कोरोना संक्रमित को संख्या ७५६ पुगेको छ।
सप्तरी जिल्लाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्ट अनुसार
राजविराज ४ का ३० वर्षिय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १ को ५५, १५ र १४ वर्षिया महिला, ३५, २२, ६० र ४५ वर्षिय पुरुष वडा नं. १० को १७, ५४, १६, ३०, ६६, ४३, ५५ र ३० वर्षिय पुरुष, वडा नं. १२ का ३१, ३१ र ३८ वर्षिय पुरुष तथा वडा नं. २ को २५ पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
वुधवार सप्तरीका कुल ९९ जनाको रिपोर्ट सार्वजनिकमा अन्य ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७५७ पुगेको छ। जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ५४१ जना उपचारपछि डिस्चार्ज भएका छन्।