११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि संघीय संसदको बैठक बोलाउन माग गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहितको बैठकले अविलम्ब संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । गत असार १८ गते संसदको अधिवेशन अन्त्य गरिएको थियो ।

राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने कांग्रेसको निर्णय छ । कांग्रेसले यसअघि पनि पदाधिकारी र पूर्व पदाधिकारीको सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमै बसेको बैठकले संसद बैठक माग गर्ने निर्णय गरेको थियो । तर , सो निर्णय कांग्रेसले कार्यान्वयन गरेन ।

संविधानतः संसदको एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने व्यवस्था छ । संसद सचिवालयले बैठकका लागि कोरोना संक्रमणबाट सुरक्षित रहने गरि बैठक सञ्चालनको तयारी गरिसकेको छ । पुस १८ गतेभित्रै संसदको अधिवेशन शुरू भइसक्नुपर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]