१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

काठमाडौँ – ‘अन्तर्राष्ट्रिय महिला दिवस’ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गरेकी छन् ।

महिला दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी हुन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सबै नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै संविधान कार्यान्वयन लगायत राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गरेका छन्।

आज मार्च ८ अर्थात् ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नेपाल लगायत विश्वभर मनाइँदैछ। सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

सन् १९११ देखि यो दिवस मनाउन थालिएको हो । ‘अन्तर्राष्ट्रिय महिला दिवस’को अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]