०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

एजेन्सी – अमेरिकाले रुसी इन्धनमा लगायो प्रतिबन्ध, बेलायतले पनि रुसी इन्धन ‘फेज आउट’ गर्ने
पेयपदार्थ उत्पादक अमेरिकी कम्पनी कोकाकोला र पेप्सीले रुसमा आफ्नो व्यवसाय बन्द गर्ने घाेषणा गरेका छन्।

युक्रेनमा गरेको आक्रमणलाई लिएर प्रमुख व्यवसायिक ब्राण्डहरुले रुसमा आफ्नो उत्पादन तथा बिक्री बन्द गर्ने क्रम जारी छ। प्रमुख अमेरिकी ब्राण्डहरुले रुसी बजारमा आफ्नो सेवा बन्द गर्ने क्रममा कोकाकोला र पेप्सी पनि आएका हुन्।

कोकाकोलाले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘युक्रेनमा भइरहेको दुःखद घटनाबाट प्रभावितहरुप्रति हाम्रो सहानुभूति छ। हामीले निरन्तर परिस्थितिको मूल्यांकन गर्दै जाने छौँ पनि।’

रुसमा कोकाकोलाका धेरै ‘बोटलिङ प्लान्ट’ छन्। उसले रुसमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरे पनि योजनाबारे विस्तृत जानकारी भने दिएको छैन।

यस्तै पेप्सीले आफ्नो ‘सफ्ट ड्रिंक’ को बिक्री रुसमा रोक्ने तथा रुसमा पूँजीगत लगानी पनि नगर्ने घोषणा गरेको छ। पेप्सीले आफ्ना २० हजार रुसी कामदारलाई सहयोग गर्न जारी राख्ने र दूध तथा बालबालिकाका खाद्य सामग्रीको बिक्री भने नरोक्ने बताएको छ।

कोकाकोला र पेप्सीले आफ्नो सेवा बन्द घोषणा गर्नुपूर्व म्याकडोनल्ड र स्टारबक्सले पनि रुसमा सेवा बन्द गर्ने बताएका थिए।

अमेरिकी कम्पनीहरुलाई रुसमा आफ्नो सेवा बन्द गर्न सार्वजनिक रुपमा गम्भीर दबाब आइरहेको छ। आर्थिक प्रतिबन्धको चपेटमा आएको रुसमा प्रमुख ब्राण्डहरुको सेवा बन्द हुँदा थप समस्या आउने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]