०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए।

“उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उनले भने ।

केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो।

मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको थियो।

प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ। १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक प्रतिबन्ध सामना गर्न के रुसले चीनसँग सहयोग माग्न सक्छ।

रुसले प्रयोग गरेको भनिएको सबैभन्दा खतरनाक गैरपरमाणु अस्त्र के हो?

नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीले हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको बताएका थिए।

उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरेका थिए।

तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ।

के छ अहिलेको स्थिति?
रुसले आक्रमण गरेको सत्रौँ दिन शनिवार आक्रमण भइरहँदा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखे भने राजधानी किएभका बाह्य भागहरूमा सघन सङ्घर्ष जारी रह्यो।

शनिवारसम्म रुसी सेना राजधानीबाट २५ किलोमिटर नजिक पुगिसकेको छ।

रुसी सेना किएभको भित्री भागतर्फ लम्किँदै, बाहिरी भागमा रुसी आक्रमण सघन

युद्ध अपराध के हो?

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्न केही निकासमार्ग प्रस्तावित गरिएको थियो। तीमध्ये दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू छन्।।

रुसीले सेनाले मारिऊपोलको पूर्वपट्टि सहरको बाहिरी भाग कब्जा गरेको छ। एक निजी अमेरिकी कम्पनीले शनिवार भूउपग्रहमार्फत् खिचेका तस्बिरहरूले सहरमा आवासीय र नागरिक पूर्वाधारमा व्यापक क्षति भएको पुष्टि गर्छ।

त्यहाँ रुसी घेराबन्दी जारी छ र सहरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले नजिकैको सानो सहर भोल्नोभाखा छोडेको छ। उनीहरूका अनुसार उक्त सहर पूर्ण रूपमा ध्वस्त भएको छ।

कब्जा गरिएको अर्को सहर मेलिटोपोलमा रुसी सेनाले नगरप्रमुखको “अपहरण”विरुद्ध सर्वसाधारण नागरिकहरूले गरेको ठूलो विरोध प्रदर्शन सामना गर्नुपर्‍यो।

राष्ट्रपति जेलेन्स्कीले नगरप्रमुखको अपहरणलाई “युद्ध अपराध”को सङ्ज्ञा दिएका छन्।

रुसी सेनाले किएभनजिकै अवस्थित एउटा गाउँबाट बाहिर जान लागेका महिला र बालबालिकासहितको समूहमाथि गोली चलाएको युक्रेनी अधिकारीहरूको दाबी छ। ‍उक्त आक्रमणमा परी सात जनाको मृत्यु भएको बताइएको छ।

रुसी आक्रमण सुरु भएपछि अहिलेसम्म युक्रेनबाट २५ लाख मानिस अन्यत्र गइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। तीमध्ये १६ लाखभन्दा बढी मानिस शरण खोज्दै पोल्यान्ड पुगेको पोल्यान्डका सीमा सुरक्षाकर्मीले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार अहिलेको यो शरणार्थी सङ्कट युरोपमा दोस्रो विश्वयुद्धपछि देखा परेको सबैभन्दा ठूलो हो।

यूनिसेफका अनुसार शरणार्थीमध्ये आधाजति बालबालिका र कम उमेरका मानिस छन्।

डलरको तुलनामा रुपैयाँ कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव के हुन्

अमेरिकाको प्रतिक्रिया
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसी आक्रमणले “युरोपभरिको प्रजातन्त्र र सुरक्षालाई जोखिममा पारेको” र “कुनै पनि ठाउँको प्रजातन्त्र जोखिममा पर्दा यसले हामी सबैलाई असर पार्ने” चेतावनी दिएकी छन्।

ह्यारिसले शनिवार पोल्यान्ड र रुमेनीयाको भ्रमणबाट फर्किएपछि उक्त टिप्पणी गरेकी हुन्।

रुस-युक्रेन तनावमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने’: बाइडन

प्रतिबन्ध सामना गर्न के रुसले चीनसँग सहयोग माग्न सक्छ

बाइडन सरकारले युक्रेनलाई थप सहयोग गर्नु पर्ने दबावको सामना गरिरहेको छ। अमेरिकाले भने युक्रेनमा कुनै किसिमको उडान गर्न नपाइने “नो-फ्लाई जोन” लागु गरेर रुससँग प्रत्यक्ष द्वन्द्व ननिम्त्याउने कुरामा जोड दिँदै आएको छ।

यद्यपि केही सर्वेक्षणहरूका अनुसार अमेरिकी जनताले युक्रेनका बारेमा चासो देखाइरहेका छन्।

तिनमा ४५ प्रतिशतले युक्रेनमा “नो-फ्लाई जोन” लागु गर्ने विषयमा समर्थन जनाएका छन्।

अमेरिकालाई रुसको चेतावनी
रुसका उपविदेशमन्त्री सर्गेई र्‍याब्कोभले युक्रेनलाई अस्त्र आपूर्ति गर्ने पश्चिमा देशका वाहनहरूलाई रुसी सेनाले “निसाना” बनाउन सक्ने चेतावनी दिएका छन्।

रुस-युक्रेन तनावमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने’: बाइडन

किएभमा भूमिगत कोठामा बमबाट सुरक्षा खोज्दै बसेका सिरियाली

“हामीले अमेरिकालाई केही देशबाट युक्रेनमा अस्त्र पठाउने योजना केवल खतरनाक कदम मात्र नभएको बरु त्यस्तो कदमले ती वाहनहरूलाई रुसको वैधानिक निसाना बनाउन सक्ने चेतावनी दिएका छौँ,” उनले सरकारी टीभीमा बोल्दै भने।

युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली र ट्याङ्कभेदक क्षेप्यास्त्र पठाइनु “दुस्साहस” भएको र अमेरिकाले रुसको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]