सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनु अघि ओली र दाहालबीच भेटवार्ता भएको थियो ।गत मंगलबार ओली अनुपस्थित भएका कारण सचिवालय बैठक शनिबारसम्मका लागि स्थगित गरिएको थियो ।
आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।