काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विष्फोटक पदार्थ राखेको अभियोगमा प्रहरीले माणिक लामालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको विशेष ब्यूरोले लामालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखेको हो ।
महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकृतका अनुसार काँडाघारीमा शंकास्पद वस्तु राखिएको घटनामा लामाको पनि संलग्नता देखिएपछि ब्यूरोले लामालाई नियन्त्रणमा लिएको थियो । उनी सांसद नविना लामाका बुबा समेत हुन् ।
एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ दल र दुई मोर्चाको संयुक्त विरोधका बेला काँडाघारमिा शंकास्पद वस्तु राखिएको थियो । थप अनुसन्धान भइरहेको बताइएको छ ।