सप्तरी – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपाल खराब ब्याटिङबाट गुज्रिरहेको छ।
पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्यो।
खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९९ रनले पराजित भएको नेपालको ब्याटिङमाथि अहिले प्रश्न उठिरहेको छ।
सोमबार युएईविरुद्ध १०३ रनमै अलआउट हुनु नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै कम स्कोर हो।
खेलपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको ब्याटिङमा समस्या भएको स्वीकार समेत गरे।
‘प्रत्येक पटक हामी ड्रेसिङ रुम र ड्रइङ बोर्डमा जान्छौँ, खेलको बारेमा कुरा गर्छौ,’ लामिछानेले भने, ‘अहिले हाम्रो लागि राम्रो भइरहेको छैन। हामीले जे पनि गल्ती गरिरहेका छौं, हामी तिनीहरूलाई सुधार गर्न र नतिजामा सुधार ल्याउने आसा गर्न सक्छौं।’
लामिछानेले सबैले खेलमा केन्द्रीय हुँदै जितका लागि प्रयास गर्नु पर्ने पनि बताए।
‘यदि तपाइँ एक व्यवसायीक क्रिकेटर हुनुहुन्छ भने तपाइँसँग कुनै विकल्प छैन, यदि तपाईंले हिजो हार्नुभयो भने आज तपाईंको लागि अर्को दिन हो र आफूलाई खेलमा केन्द्रीय गराउने र सुधार गर्ने हो। मेरो सिद्धान्त यही हो,’ उनले भने,‘सबैजना ठीक हुनेछन्। हामीले प्रयास गर्नुपर्छ र एकअर्का सहयोग गरेर अघि बढ्नु पर्छ।’