सप्तरी – गुल्मीको सरकारी अस्पतालमा चाप भइ बिरामीले घण्टौंसम्म लाइन बस्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै टोकन प्रणाली लागु गरिएको छ । गुल्मी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष भरत पाण्डेले टोकन प्रणाली लागू गरिएको बताए ।
टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न र डाक्टरलाई जाँच गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ । गुल्मी जिल्ला अस्पतालमा दैनिक तीन सय भन्दा बढी बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्याले जानकारी दिए ।