०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाको संयुक्त रुपमा मेडिकल तालिम सोमबारदेखि सुरु भएको छ ।

छाउनीस्थित विरेन्द्र अस्पतालमा आयोजना गरिएको कार्यक्रमको क्लिनिकल रजिष्टार प्राविधिक सहायक रथी डा.राजिवराज शाहीले शुभारम्भ गरेका हुन् ।

विभिन्न अपरेशन, दैवी प्रकोपको दौरानमा घाईते हुने व्यक्तिहरुलाई तत्काल Medical Evacuation (MEDEVAC) गरी स्वास्थ्योपचार सेवा प्रदान गर्ने कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित तालिममा अमेरिकी सेनाबाट १८ र नेपाली सेनाबाट ४२ जना गरी जम्मा ६० जना शिक्षार्थीहरु सहभागी भएका छन् ।

उक्त तालिम गत चैत्र ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ । संयुक्त तालिमबाट दुई देशका सेनाबीच रही आएको मैत्रिपूर्ण तथा पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन मद्दत पुग्ने तथा भविष्यमा आउन सक्ने जस्तोसुकै परिस्थितिहरुमा पनि छिटोछरितो र सहज ढंगले स्वास्थ्योपचार सेवा प्रदान गर्न दुवै देशका सेनाहरुको क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]