११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

काठमाडौँ – एमसीसीमार्फत बनाइने ४ सय केभी क्षमताको रातमाटे सब स्टेसनका लागि आवश्यक जग्गा ३५ दिनभित्र खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भैसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा जग्गाको क्षतिपूर्ति तथा पुनर्बास सहायता रकम समेत वितरण भइसकेको जनाउँदै एमसीए नेपालले मुआब्जा तथा पुनर्बास रकम बुझिसकेकाले क्षेत्र खाली गर्न आग्रह गरेको छ । एमसीए नेपालका अनुसार अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरुप सबस्टेसन निर्माणका लागि अब तारबार गर्ने कार्य अघि बढाइने छ ।

एमसीसी कम्प्याक्ट कोषको कुल ५० करोड अमेरिकी डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजनाका लागि मात्रै खर्च हुनेछ । विद्युत् प्रशारण आयोजनाअन्तर्गत तीन वटा नयाा सबस्टेसन निर्माण हुनेछन् । नुवाकोटमा रातमाटे सबस्टेन, तनहुँमा दमौली सबस्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ । काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणका हालका सबस्टेसन पनि जोडिनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]