काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले बझाङको एक विद्यालयमा प्रतीक्षालय निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बैंकको बझाङ शाखाले जालपा माध्यमिक विद्यालयमा प्रतीक्षालय निमार्ण गरेको बैंकले जनाएको छ ।
विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रतीक्षालय विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई नवनिर्मित प्रतीक्षालय हस्तान्तरण गरिएको बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए ।
विद्यार्थीहरुलाई घाम पानीबाट बचाउनका लागि प्रतीक्षालय निर्माण गरेको उनले बताए । विद्यार्थीको हितलाई ध्यानमा राखेर प्रतीक्षालय निर्माण गरिदिएकोमा प्रअ मल्लले बैंकलाई धन्यवाद दिएका थिए ।