११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

जनकपुरधाम – मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले शिक्षाको अभावमा मधेशका चेलीबेटीहरु विभिन्न प्रकारको हिंसाको शिकार हुने गरेको बताएका छन् ।

मार्जिनलाइज्ड नो मोर गल्र्स एजुकेशन प्रोजेक्टको जनकपुरधाममा मंगलबार आयोजित गोष्ठीमा उनले सो कुरा बताउँदै शिक्षाको अभावकै कारण किशोरीहरु विभिन्न प्रकारको मानसिक तथा शारीरिक हिंसासंग जुध्न बाध्य भएको प्रसंग उल्लेख गरे । साझेदार संस्थाहरु सहित स्ट्रिट चाइल्डले गल्र्स एजुकेशन च्यालेन्ज मार्फत मधेशको विभिन्न जिल्लाका मुसहर लगायतका समुदायमा गएर किशोरीहरुको लागि गर्दै आएको कार्यक्रम सराहनीय रहेको चर्चा गर्देमन्त्री साहले मधेशमा अझै पनि लैंगिक विभेद,मानसिक तथा शारीरिक हिंसाबाट पीडित किशोरीहरुमा जनचेतना ,शैक्षिक योगदान तथा किशोरीहरुको लागि आर्थिक क्षमता विकासको लागि गरिएको प्रयास उत्प्रेरक रहेको बताए । अत्यन्त पिछडिएका समुदायलाई लक्षित गरी किशोरीहरुका लागि शिक्षा दीक्षा ,जीविकोपार्जनको निम्ति सीपको सिकाइसहितका कार्यक्रमले हजारौं किशोरीहरु दक्ष बन्नु मधेशकै लागि महत्वपूर्ण रहेको मन्त्री साहको कथन थियो ।

‘सशक्त किशोरी सशक्त भविष्य ’भन्ने नाराका साथ स्ट्रीट चाइल्डले आयोजना गरेको सो गोष्ठीमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले किशोरीहरुलाई शिक्षित नबनाएसम्म महिला सशक्तिकरण हुन नसक्ने भएकोले किशोरीहरुको शिक्षा दीक्षामा जोड दिनुपर्ने बताइन् । कार्यक्रमले एकदमै पछाडि परेका मुसहर समुदायका लागि गरिएको काम सुनेर अत्यन्त हर्षित भएको बताउंदै राजदूत पोलिटले हिंसाबाट संरक्षण सशक्तिकरण र जीविकोपार्जनको सीपलाई बलियो आधार भूत शिक्षासंग समायोजन गर्नु पर्ने आवश्यकता औंल्याएकी थिइन् । उनले किशोरी तथा समावेशी शिक्षा संजालको काम र स्थानीय किशोरी छलफल केन्द्र किशोरी समुदाय समूहको कामले दुबै आत्मनिर्भरता तथा स्थानीय निर्णयकर्तासंग समन्वय गरी गुणात्मक शिक्षाकालागि बजेट र स्रोत उपलब्ध गराउनका लागि पहल हुनु पर्ने आवश्यकतामा पनि जोड दिइन्।

कार्यक्रमले १० देखि १९ वर्ष समूहका ७ हजार ८ सय ५६ मुसहर किशोरीहरुलाई आधारभूत साक्षरता र संख्यात्मक सिकाइ प्राप्त गर्ने उद्देश्यले संचालन गरिएको र कार्यक्रममा मधेश प्रदेशको महोत्तरी,धनुषा,सिराहा र सप्तरी तथा प्रदेश १ को सुनसरी जिल्लामा संचालनमा गरिएको थियो । युके एडको सहयोगमा २०१९ देखि सुरु भइ सो कार्यक्रम मंगलबार सम्पन्न भएको जानकारी गराइएको छ । यस कार्यक्रमको लागि आसमान नेपाल,जानकी महिला जागरण समाजले स्ट्रीट चाइल्डको सहयोग संस्थाको रुपमा रहेको थियो । परियोजनाको क्रममा ३ हजार १ सय ४६ किशोरीहरु विद्यालयमा औपचारिक रुपमा भर्ना भएका छन् भने ४ हजार ४ सय २५ जनाले सफलतापूर्वक आफ्नो उद्यम स्थापित गर्न सक्षम भएको समेत गोष्ठीमा जानकारी गराइएको थियो ।

प्रदेश तथा स्थानीय सरकार र समुदायमा आधारित सरोकारवालाहरुसंगको निकट सहकार्यमा कार्यक्रम कार्यान्वयनको अन्तिम तीन वर्षमा सीमान्तकृत समुदायलाई दिगो प्रभाव पार्ने गरी केही सफल रणनीति र दृष्टिकोणहरुको पहिचान भएको समेत दाबी गरिएको छ । यस कार्यक्रमले विस्तृत जीवन उपयोगी सीप कौशल पाठ्यक्रममार्फत पनि किशोरीहरुलाई सहयोग प्रदान गरेको जनाइएको छ । सहभागीहरुबीच एक आपसमा सिक्ने तथा ज्ञान बाँडफाँड गर्ने उद्देश्यका साथ आयोजित समापन गोष्ठीमा अधिकांश वक्ताहरुले यस प्रकारको कार्यक्रमहरुको मधेश प्रदेशमा व्यापक आवश्यकता रहेको धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]