०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी- पेरिस–फ्रान्समा विवादास्पद सुरक्षा कानुन मस्यौदाको विरोधमा जारी प्रदर्शन हिंसात्मक भएको छ। राजधानी पेरिसमा प्रदर्शनकारीले दर्जनौं सवारीसाधनमा आगजनी तथा पसल तोडफोड गरेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

उक्त कानुनका विरोधमा शनिबार फ्रान्सभर करिब १ सय प्रदर्शन भएका थिए। प्रहरीले २२ प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। गलत उद्धेश्य भएका प्रहरीको फोटो खिच्नु गैरकानुनी हुने गरी तयार पारिएको उक्त कानुनको विरोधमा देशव्यापी प्रदर्शन भएको हो।

उक्त कानुन प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै आलोचना पनि भइरहेको छ। कानुन उल्लंघन गर्नेलाई १ वर्ष जेल र ५४ हजार डलरसम्म जरिवानाको प्रस्ताव गरिएको छ।

फ्रान्समा एक सातादेखि देशव्यापी आन्दोलन भइरहेको छ। तीन गोरा प्रहरीले एक काला जातिका म्युजिक प्रोड्युसरलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रदर्शन अझ चर्किएको छ।

आन्दोलन चर्किएपछि गत साता राष्ट्रपति इम्यानुअल म्याक्रोंले कानुन पुनः लेखन गरिने जनाएका थिए। उनले हिंसात्मक रुपमा उत्रने प्रहरीलाई कारबाही आवश्यक रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]