१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

सप्तरी – महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।

कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।

चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।

चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ ।

दात उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अत्याधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]