०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा पुगेको छ । शनिबार रातिको खेलमा लिड्स युनाइटेडमाथि ३–१ अन्तरको जित निकाल्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा खेलेको चेल्सीलाई जित दिलाउन ओलिभर जिरु, कर्ट जौमा र क्रिस्टियन पुलिसिकले १–१ गोल गरे ।

खेलमा प्याट्रिक बामफोर्डले चौथो मिनेटमै गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यो जितपछि चेल्सी ११ खेलबाट २२ अंकसहित शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

म्यान्चेस्टर युनाइटेड भर्सेस वेष्टह्याम युनाइटेड
शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेड विरुद्ध पुनरागमन गर्यो । खेल म्यान्चेस्टरले ३–१ गोल अन्तरले जित निकाल्यो ।

वेस्टह्यामको मैदानमा एक गोलले पछि परे पनि युनाइटेडले उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो हाफको ३८ औं मिनेटमा थोमस सौसेकले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटमै मासन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई ३–१ को जित दिलाए ।

म्यान्चेस्टर सिटी भर्सेस फुल्हम
म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले सहज जित निकालेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र केभिन डी ब्रुएनले एक एक गोल गरे । घरेलु मैदानमा पाँचौं मिनेटमा स्ट्रर्लिङको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको २६ औं मिनेटमा ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

बर्नली भर्सेस एभर्टन
बर्नली र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् । तेस्रो मिनेटमै रोबर्ट ब्राडीले गोल गर्दै घरेलु मैदानमा बर्नलीलाई अगाडि बढाउँदा ४५ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले बराबरीमा ल्याएका थिए ।
अंक तालिका
चेल्सी ११ खेलबाट २२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । १० खेलबाट २१ अंकसहित टोटनह्याम हट्सपर र लिभरपुल दोस्रो र तेस्रो स्थानमा छन् ।

१० खेलबाट १९ अंकको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा पुगेको छ । १८ अंकबाट म्यान्चेस्टर सिटी पाँचौं स्थानमा पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]