११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

काठमाडौं – नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको पहलमा सिर्जना भएका तीन तहको पदमा बढुवा प्रक्रिया सुरु भएसँगै यो समस्या समाधान हुने विश्वास गरिएको हो।

दुई महिनाअगाडि थपिएका वरिष्ठ नायव निरिक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सुरु गरिएको हो। नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न तीन पद सिर्जना गरिएको हो। गृहमन्त्री खाणको विशेष सक्रियतामा प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो। यी पदमा दरबन्दी सिर्जना गर्न मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित भएको थियो। त्यहीअनुसार पहिलो चरणमा बिहीबार मात्रै बढुवा सिफारिस भएको हो।

यो निर्णयपछि तल्लो तहका प्रहरी कर्मचारीमा छाएको निरासा निराकरण हुने आश गरिएको छ। गृहमन्त्री खाणको पहलमा जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद सिर्जना गरिएको हो।

त्यसैका आधारमा बिहीवारबाट थपिएका पदमा बढुवा प्रक्रिया सुरु गरिएको हो। गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा हुनेछ।

उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक हजार चार सय १८ जना, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार सात सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार दुई सय ५३ जना बढुवा हुनेछन्। यीमध्ये पहिलो चरणमा बिहीवार प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक सय ९१ जना, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ जना तथा प्रहरी सहायक हवल्दारमा एक हजार सात सय ५२ जना बढुवा सिफारिस भएका छन् ।

दरबन्दी सिर्जना भएअनुरुप क्रमश बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ । गृहमन्त्री खाणले लामो समयसम्म वृत्ति विकास हुन नसकेका तल्लो तहका प्रहरीहरूलाई काममा हौसला बढाउन यो निर्णय लिइएको बताए। ‘लामो समयदेखि तल्लो तहका प्रहरीहरूको बढुवा हुन सकिरहेको थिएन। उनीहरूको बढुवा गरेर वृत्ति विकास गर्न पद थप्ने निर्णय गरेका हौँ। यसमा सम्माननीय प्रधानमन्त्रीको धेरै ठूलो हात छ,’ गृहमन्त्री खाणले भने।

थपिएका पदहरुमा ज्येष्ठताका आधारमा बढुवा हुने व्यवस्था नियमावलीमै गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]