सप्तरी – नेपाल र चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्याउन दुई मित्रराष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन् ।
चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप घनीभूत बनाउने अवसर सिर्जना गरेको हो ।
शनिबार छिमेकी मुलुकका समकक्षी परराष्ट्रमन्त्रीसँगै दुई देशका प्रतिनिधिमण्डलसहित बसेको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने सहमति गरेको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङबीच भएको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीचको विकास सहकार्यलाई जोड दिँदै सम्बन्धको नयाँ आयाम कायम गरेको पर राष्ट्र मन्त्रालयले जनाएको छ ।