काठमाडौं – सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीद्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।
त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।