०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

एजेन्सी – इमरान खानले आइतबार पाकिस्तानमा अर्को र्‍याली गरेका छन् । प्रधानमन्त्री पद छाडेपछि लाहोरमा भएको यो र्‍यालीमा इमरानले अब देशमा विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु भएको बताएका छन् ।

इमरान खानले देशमा जनताले चुनेको सरकारलाई ध्वस्त पार्न विदेशबाट षड्यन्त्र भइरहेको दाबी गरे । तर जनताले जवाफ दिने उनको भनाइ छ । यसअघि ट्विट गर्दै उनले भनेका थिए, ‘आजदेखि पाकिस्तानमा सत्ता परिवर्तनको विदेशी षडयन्त्रविरुद्ध स्वतन्त्रताको सङ्घर्ष सुरु हुन्छ ।

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्री चयन हुँदैछ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले शाह महमूद कुरेशीलाई उम्मेदवार बनाएको छ । उनी विपक्षी दलका संयुक्त उम्मेदवार शाहबाज सरिफसँग प्रतिस्पर्धा गर्दैछन् । इमरान खानले बारम्बार आफूलाई ‘विदेशी शक्तिहरूले सत्ताबाट हटाउन षड्यन्त्र गरेको’ आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]