०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

खानेपानीमन्त्री मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण कार्यको उद्घाटन गर्दै, तस्बिर : रासस
काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज मङ्गलवार बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभएको हो । दुई सय ६५ लिटर प्रतिसेकेन्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले जनाएको छ ।

गएको असार १ गतेको बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्चीको पानी फेरि काठमाण्डाै ल्याउन सकिन्छ कि सकिँदैन भन्ने अन्योल थियो । तर अब सुरुङमा पानी भर्न सुरु भएसँगै मेलम्चीकाे पानी काठमाण्डाै आउने भएकाे छ । चैतसम्ममा काठमाण्डाैवासीलाई पानी खुवाउने भनिए पनि केही ढिलो भएको समितिले जनाएको छ ।

टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले वैशाखको दोस्रो हप्तादेखि मात्रै काठमाण्डौवासीले पानी खान पाउने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।

गएको वर्ष चैत १७ गतेदेखि काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर काठमाण्डौ १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चिको पानी वितरण प्रक्रिया राेकिएकाे थियाे

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]