टिपरको ठक्करबाट गम्भीर घाइते भएका झापा अर्जुअनधारा नगरपालिका– १ का ४५ वर्षीय नरेन्द्र अधिकारीको मृत्यु भएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनकाे विएण्डसी अस्पताल बिर्तामोडमा मंगलबार बेलुका मृत्यु भएको हो ।
अधिकारीलाई चैत २७ गते ना.७ ख १९०० नम्बरको टिपरले अर्जुअनधारा– ८ को शनिश्चरेस्तित भित्री सडकखण्डमा ठक्कर दिएको थियो । उनी प्र.१–०१–०१४ प ९४४० नम्बरको मोटरसाइकलमा सवार थिए ।
अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा– १ का अध्यक्ष हुन् । राप्रपा झापाको साँस्कृतिक विभाग प्रमुखसमेत थिए । दुर्घटना भएकै दिन दुईवटै सवारी साधन र टिपर चालक अर्जुनधारा– ४ का ४३ वर्षीय सूर्यनारायण चौधरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।