०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

सप्तरी – युक्रेनमा हमला सुरु गरेको दुई महिनामै रुसले सयौँको सङ्ख्यामा ट्यांकहरू गुमाएको छ । रुसले आफ्ना हतियार व्यवस्थित तरिकाले नचलाएको र युक्रेनलाई पश्चिमबाट लगातार एन्टि–ट्यांक हतियारहरू प्राप्त भएकाले नै रुसले क्षति बेहोरिरहेको बताइएको छ ।

तस्बिरका आधारमा युक्रेनमा भएको रुसको सैन्य क्षतिको विवरण संकलन गर्ने अरिक्स ब्लगकाअनुसार रुसले अहिलेसम्म ४६० ट्यांकसहित २ हजार अन्य हतियारधारी सवार साधन गुमाएको छ । युद्ध सुरु हुनु अगाडि रुससँग झन्डै २,७०० प्रमुख ‘ब्याटल ट्यांक’ रहेको रेन्ड कोर्पोरेसन र आईआईएसएसले जनाएको छ ।

पश्चिमाले दिएका एन्टि–ट्यांक हतियार कति प्रभावकारी ?
अमेरिकाले मात्र युक्रेनलाई ३ हजार बढी ‘जेभेलिन एन्टि–ट्यांक’ युद्धको सुरुवातमै प्रदान गरेको थियो भने त्यसपछि पनि थप २ हजार पठाइसकेको छ ।

जेभेलिन एन्टि–ट्यांक हतियारमार्फत ट्यांकको सबैभन्दा टुप्पोमा प्रहार गरी त्यसलाई ध्वस्त पार्न सकिन्छ । यसमा धेरै रुसी ट्यांकहरूमा त्यस्ता मिसाइलको असर कम गर्न सुरक्षित सतह फिट गरिएको हुन्छ । तर, जेभेलिन्समा दुईवटा वारहेड हुने हुँदा एउटाले सुरक्षित सतहलाई विस्फोट गराउँछ भने अर्को चाहिँ त्यसभित्र छिरेर तलको भागमा क्षति पुर्‍याउँछ ।

बेलायतले पनि युक्रेनलाई ३ हजार ६ सय एनएल मिसाइल पठाएको थियो । यसले पनि ट्यांकको माथिको भागमा ठूलो विस्फोट गराउँदछ ।

खोजकर्ता निक रेनाल्ड्स भन्छन्, “जेभेलिन र एनएल दुवै एकदम शक्तिशाली हतियार हुन् । यी सहयोग नभएको भए युक्रेनको अवस्था आज धेरै फरक हुने थियो ।”

त्यसैगरी अमेरिकाले युक्रेनलाई १०० वटा ‘स्विचेबल एन्टि–ट्यांक’ ड्रोन पनि पठाउँदै छ । ‘कामिकेज’ पनि भनिने यो ड्रोन यसको सञ्चालकबाट धेरै दुरीमा रहेर पनि टार्गेटलाई लक्षित गर्न सक्छ र ट्यांकमा खसेर त्यसलाई ध्वस्त पारिदिन सक्छ । यसको टुप्पोमा वारहेड हुन्छ ।

रुसको कमजोरी कत्तिको जिम्मेवार ?
युक्रेन युद्धमा रुसले ‘बटालियन ट्याक्टिकल ग्रुप्स (बीटीजी)’ मार्फत आफ्नो सेना परिचालन गराइरहेको छ यो भनेको ट्यांक, पैदल सेना र तोपखानाले स्वचालित लडाकु युनिट हो । यसमा प्रायः ठूलो सङ्ख्यामा हतियारधारी सवारी र तुलनात्मक रूपमा कम पैदल सेना हुन्छन् ।

सेन्ट एन्ड्रुज युनिभर्सिटीका प्रोफेसर फिलिप्स ओब्राएन भन्छन्, “रुससँग थोरै युनिट छन् । जसलाई अधिकतम गोली प्रहार गरी द्रुत गतिमा हमला गर्न डिजाइन गरिएको हुन्छ । तर पनि यसमाथि आक्रामण भयो भने त्यसको जवाफ फर्काउने पैदल सिपाही प्रायः असुरक्षित हुन्छन् । यसकारण पनि युक्रेनी सेनाहरूले रुसी ट्यांकमाथि सजिलै जित हासिल गरिरहेका छन् ।

साथै रुसले युद्धको सुरुवातमा हवाइ पेट्रोल नगरेको हुँदा युक्रेनी सेनाहरू निशाना लगाउन सजिलो हुने स्थानमा बस्न पाए यसले पनि उनीहरूलाई धेरै फाइदा गरायो ।

अक्सिजको डाटा हेर्दा रुसले हारेका अधिकांश ट्यांक क्षतिग्रस्त अवस्थामा नभएको पाइएको छ । यसलाई केबल पक्राउ गरिएको वा अफ्ठेरो ठाउँमा फसेकाले त्यसै छाडिएको छ ।

प्रोफेसर ओब्राइन भन्छन्, “हामीले युक्रेनी किसानहरूको ट्याक्टरले रुसी ट्यांकलाई घिसार्दै लगेको देखेका छौँ । यस्ता धेरै ट्यांक इन्धन सकिएर पनि छाडिएका छन् जुन उनीहरूको ठूलो रणनीतिक कमजोरी हो । त्यस्तै कति चाहिँ हिलोमा अड्किएका छन् । त्यस्तै धेरै ट्यांकहरू खराब ड्राइभिङका कारण पनि गुमाउनुपरेको देखिन्छ । जस्तै धेरैवटा पुलबाट खसेका छन् । यसले के स्पष्ट पार्दछ भने रुसी सेनासँग आफ्ना औजारको सही उपयोग गर्ने क्षमता पर्याप्त रहेन छ ।”

युक्रेनियन सरकारले छाडिएका सैन्य सवारी साधनसँग के गर्ने भनेर सर्वसाधारणका लागि विस्तृत निर्देशन जारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]