सप्तरी – त्रिकोणात्मक टी-२० शृंखला विजेता नेपाली टिमका खेलाडीहरुलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही २ लाख रुपौँयासहित सम्मानित गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। निर्णयअनुसार १६ खेलाडीले २-२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैँया प्राप्त गर्ने छन्।
गत चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणात्मक टी-२० शृंखला सम्पन्न भएको थियो।