०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

कार्यदल काङ्ग्रेस झापा सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा गठन भएको हो। कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि बराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् ।

बैठकमा काङ्ग्रेस झापा सभापति देउकुमार थेवे, पूर्वसभापति सुधीरकुमार शिवाकोटी, सचिव हुमागाईं सहभागी थिए । माओवादी केन्द्रका मोहन टुडु, चन्द्रप्रसाद कडरिया, राजु आचार्य, नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र बुढाथोकी, जनता समाजवादी पार्टीका नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी बैठकले सो कार्यदल गठन गरेको हो।

कार्यदलले शनिबार रातभर काम गरेको बुझिएको छ। कार्यदलले अहिले बिहान बस्ने गठबन्धन दलको बैठकमा निष्कर्ष प्रस्तुत गर्ने छ। झापामा १५ मध्ये १० वटा पालिकाका मुख्य पदमा सहमति जुटेको छ।

कार्यदलले पाँचवटा पालिका र वडा तहको सहमति गर्ने छ। सो सहमतिको जानकारी आइतबार साँझ ५ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने कार्यदलका संयोजक हुमागाईंले बताए । १० पालिकाका मुख्य पदमा सहमति भएको बताइए पनि त्यो गोप्य राखिएको छ।

सहमति निष्कर्षमा नपुगेसम्म त्यसलाई सार्वजनिक नगर्ने नेताहरू बीच गोप्य सहमति भएको बताइएको छ। २०७४ सालको हारको झोंक काङ्ग्रेसले फेरेको माओवादी केन्द्रका झापा अध्यक्ष राजु आचार्यले बताए। उनले काङ्ग्रेसको कडा अडानका बीच कार्यदल बनाइएको दाबी गरे।

शुक्रबार काङ्ग्रेस झापा सभापति थेवेले माओवादीले यस्तै अडान लिए सहमति नहुने बताएका थिए । उनले माओवादीले महत्वकांक्षी माग गरेर बार्गेनिङ गरेको दाबी गर्दै चुनावी तालमेल नहुने कडा अभिव्यक्ति दिएपछि माओवादी लचिलो बनेको र कार्यदल बनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]