०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – एक हप्ता अघि हत्या गरिएका बंगलादेशी पत्रकार मोहियुद्दीन सरकेर नईमको घटनाको द्रूत र निष्पक्ष जाँच गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संघसंस्थाले बंगलादेशी अधिकारीहरूसँग माग गरेका छन्।कमिटि टु प्रोटेक्ट जर्नलिस्ट ‘सीपीजे‘, रिपोटर्स विदाउट बोर्डर ‘आरएसएफ’ लगायत संस्थाले दोषीलाई तत्काल कारबाही गरेर ,
का छन्।

बंगलादेशको राजधानी ढाकाबाट ६० किलोमिटर दक्षिणपूर्वमा रहेको कोमिल्ला डिस्ट्रिक्टबाट प्रकाशित हुने दैनिक क्यूमिलर डाकका पत्रकार नईमको अप्रिल १३ का दिन बंगलादेश–भारतको सिमानामै लागूऔषध कारोवारीले गोली हानी हत्या गरिएका थियो।निजी स्तरबाट सञ्चालित स्थानीय दैनिक क्यूमिलर डाकका सम्वाददाता नईम लामो समयदेखि लागूऔषध कारोबार विरुद्ध कलमका माध्यमबाट लडिरहेका थिए।

लागूऔषध कारोबारीहरूले नै नईमलाई भारत–बंगलादेश बोर्डरबाट कसरी लागूऔषध तस्कर हुन्छ भन्ने प्रत्यक्ष देखाइदिने भन्दै बोर्डर क्षेत्रसम्म ल्याएको सुरक्षा अधिकारीले बताएका छन्।उनको हत्या गर्ने उद्देश्यले उनलाई झुक्याएर भारतको त्रिपुरा राज्यसँगको बंगलादेशी सीमा बुरिचाङ चित्तगोङ्ग डिभिजनसम्म ल्याउन सफल कारोबारीहरूले नै गोली हानेर उनको हत्या गरेका थिए।गोलीको आवाज सुनेर तत्कालै सीमा सुरक्षा बल र प्रहरी त्यहाँ पुगे पनि त्यतिबेलासम्म दोषीहरू हत्या गरेर फरार भइसकेको प्रहरीले बताएको थियो।

केही समय अघिसम्म निजी च्यानल आनन्द टिभीका लागि काम गरेका नईम लागूऔषध तस्करीका विरुद्ध समाचार बनाइरहन्थे।उनले लागूऔषध तस्करहरूका बारेमा प्रहरीलाई जानकारी समेत दिने गरेको बताइएको छ।सीमाक्षेत्रबाट ९ किलोमिटर टाढाको ब्राह्मनपारा गाउँका नईम सीमा क्षेत्र र त्यहाँ हुने गतिविधिबाट पहिल्यैदेखि परिचित रहेको बताइएको छ।

घटनापछि मृतककी आमाले प्रहरीलाई चार सम्भावित दोषीको नाम बताएको र अप्रिल १६ मा राजु नामका एक आरोपीको प्रहरी कारबाहीमा परेर मृत्यु भएको समाचार छ।अन्य दुई आरोपीलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाको सवालमा बंगलादेशको अवस्था सन्तोषजनक छैन। आरएसएफको वल्र्ड प्रेस फ्रिडम इन्डेक्स २०२१ मा बंगलादेश १८० मध्ये १५२ स्थानमा रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]