०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानलाई लक्षित गर्दै छिमेकीको आक्रमण नसहने चेतावनी दिएको छ।

आइतबार तालिबानका कार्यकारी रक्षामन्त्रीले यस्तो चेतावनी दिएका हुन्।

केही दिनअघि तालिबानले पाकिस्तानमाथि आफ्नो भूमिमा बमबारी गरेको भन्दै विरोध जनाएको थियो।

पाकिस्तानले अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको आराप लगाउँदै उक्त आक्रमणमा दर्जनौं मानिसको मृत्यु भएको बताएको थियो।

काबुलमा एक कार्यक्रमलाई सम्बोधन गर्दै तालिबानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोम्मद याकुबले भने, ‘हामी विश्व समुदाय र छिमेकी मुलुक दुवैबाट चुनौती र समस्याको सामना गरिरहेका छौं, एक स्पष्ट उदाहरण कुनारमा उनीहरुले गरेको आक्रमण हो।’

उनले थपे, ‘हामी यस किसिमको आक्रमण सहेर बस्दैनौं। हामीले यसपटक राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै आक्रमणलाई सहेका छौं। अर्कोपटक यस किसिमको आक्रमण सह्य हुनेछैन।’

यस विषयमा पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले प्रतिक्रिया दिँदै भने, ‘पाकिस्तान र अफगानिस्तान दुवै मित्रराष्ट्र हुन्।

दुवै मुलुकको सरकार र जनता आतंकवादलाई गम्भीर खतरा मान्दै आएका छन् र लामो समयदेखि त्यसको सामना गरिरहेका छन्।

त्यसैले दुवै मुलुकले आतंकवादविरुद्ध लड्न सहकार्य गरेर अघि बढ्नु जरुरी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]