०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने आन्तरिक विमानस्थलहरू १८ घन्टा खुला गरेको छ ।

बढ्दो एयर ट्राफिक व्यवस्थापन गर्न तराइका सात विमानस्थलको सञ्चालन अवधि ६ घन्टा थपेर १८ घन्टा पुर्‍याइएको हो ।

झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, बाराको सिमरा, भैरहवाको गौतमबुद्ध, नेपालगन्ज र धनगढी विमानस्थल दैनिक १८ घन्टा सञ्चालनमा आउने क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

‘राति १२ बजेसम्म विमानस्थल सञ्चालन गर्दा हवाई चाप व्यवस्थाप गर्न सहज त हुन्छ नै, सँगसँगै जहाज डिले हुने समस्या पनि कम हुन्छ र उडान पनि थप्न सकिन्छ’ उनले भने, ‘अहिले त्रिभुवन विमानस्थलमा चाप बढेपछि नयाँ स्लट दिन समस्या भइसकेको छ ।’

बढ्दै गइरहेका हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर तराइका विमानस्थलको सञ्चालन अवधि बढाएको उनको भनाइ छ । अहिले पनि वायुसेवा कम्पनीहरूले प्रतिकूल मौसम, ट्राफिक जामलगायतका कारणले नियमित तालिकाभित्र उडान गर्न नसके राति १० बजेसम्म पनि उडान गरेर यात्रुलाई सेवा दिँदै आइरहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि २४सै घन्टा सञ्चालन हुँदै छन् । पोखरा अन्तर्राष्ट्रय विमानस्थल निर्माण भएपछि २४सै घन्टा सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए । पोखरा विमानस्थलमा अहिले रात्रिकालीन उडान हुँदैन ।

‘विमानस्थलको सञ्चालन अवधि थपिएपछि उडान डिले भएर यात्रुले सास्ती भोग्नुपर्ने अवस्था कम हुनेछ,’ उनले भने, ‘आन्तरिक उडान व्यवस्थापनमा पनि सहज हुनेछ ।’ कोभिडपछि आन्तरिक हवाई यात्रु ह्वात्तै बढेका छन् भने अन्तर्राष्ट्रिय यात्रु र उडान पनि बढ्दै गइरहेका छन् । जसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दै गइरहेको छ ।

अहिले त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक चार सय २० फ्लाइट उडान अवतरण हुन्छन् । आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुले हवाई यात्राका लागि विमानस्थलमा चार घन्टासम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।

पछिल्लो समय हवाई यात्रु वार्षिक करिब १० प्रतिशतले बढिरहेको क्यानका महानिर्देशक अधिकारीको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुल यात्रु व्यवस्थापन क्षमता ९२ लाख रहेको छ । जब कि, सन् २०१८ मै हवाई यात्रु ७२ लाख पुगिसकेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]