सप्तरी – राजपुर बमकाण्डको आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम पक्राउ परेका छन् ।
उनलाई आइतवार बेलुका पक्राउ गरिएको प्रदेश २ प्रहरी प्रमुख धिरज सिंहले लोकान्तरलाई जानकारी दिए । संसद आलम पक्राउ परेपछि महताफ फरार थिए । फरार रहेका उनलाई आइतवार रौतहटको बोधिमाई नगरपालिका वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरिएको हो ।२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।
मुख्य आरोपी भनिएका संसद अफताब आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए ।