२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

काठमाडौं जिल्ला अदालतले महिलाको चरित्र हत्या गरेको भन्दै ७० हजार रुपैयाँ धरौटी माग गरेको छ। अदालतले काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने २६ वर्षीय अकिल अख्तरसँग ७० हजार धरौटी माग गरेको हो।उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले अख्तरलाई चैत २० गते पक्राउ गरेको थियो।

महिलासँगको गोप्य तस्बिर श्रीमानलाई पठाएर चरित्र हत्या गरेको र फोटो सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनीमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् अदालतमामा वैशाख १२ गते मुद्दा दार्ता गरिएको थियो।त्यस मुद्दामा अदालतले अख्तरसँग मंगलबार ७० हजार धरौटी माग गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]