२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा रहेका एक जना थुनुवालाई प्रतिबन्धित औषधि पुर्याउने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–४ का २० वर्षीय सन्दीप लिम्बू, २१ वर्षीय सागर राई र पथरीशनिश्चरे–२ का १९ वर्षीय दीपक लिम्बू रहेका छन् । उनीहरुले प्रतिबन्धित औषधि पुर्याएर हिरासतमा रहेका थुनुवा पथरीशनिश्चरे–२ का २२ वर्षीय रूपन राईलाई बिहीबार दिउँसो दिन खोजेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

रूपन गत वैशाख ६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर उर्लाबारी प्रहरीले अनुसन्धान गरिरहेको छ । उनैलाई भेट्न र कपडा पुर्याउन भनेर पुगेका युवाले कपडाभित्र राखेर प्रतिबन्धित औषधि दिन खोजेको एसपी कोइरालाको भनाइ छ ।

उनका अनुसार चेकजाँच गर्दा रूपनलाई दिन भनेर ल्याइएको कपडाभित्र प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि भेटिएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको छ ।

कपडाभित्र प्रतिबन्धित औषधि स्पासपेन तीन चक्की र डिस्पोक्यानन् अल्कोहल स्वार्ड तीन प्याकेट फेला परेको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेकाहरुलाई पनि प्रहरीले हिरासतमा राखेर अभद्र व्यवहार मुद्दामै अनुसन्धान अघि बढाउने भएको छ ।

प्रहरीको अनुसन्धानबाट नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधिलाई मिलाएर दुव्र्यसनीले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको पत्ता लागेको छ । हिरासतमा रहेका रूपन र उनलाई प्रतिबन्धित औषधि पुर्याउन गएका युवाहरु लागुऔषधको दुव्र्यसनी रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]