०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

विमानस्थलमा हुने दुर्घटनाबाट हुन सक्ने क्षति कम गर्न विराटनगर विमानस्थलमा संयुक्त उद्धार अभ्यास गरिएको छ।

नागरिक उड्‍यन प्राधिकरणसहित सुरक्षा निकायले विमानस्थल भित्र हुने दुर्घटनालाई क्षति हुन नदिन अन्तिराष्ट्रिय मापदण्ड अनुसार उद्दार अभ्यास गरेको हो।

अभ्यासको क्रममा आधार दर्जन बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, एयरलाइन्स कम्पनीका कर्मचारीहरु सहभागी भए।

आईकाओको मापदण्ड अनुसार हरेक दुई वर्षमा यस्ता अभ्यास हुने गरेको विराटनगर विमानस्थलल प्रशासनले जनाएको छ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार, वार्षिक नयाँ रणनीति सहितको समिक्षा र छलफल गर्ने गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थल अत्यन्त संवेदनशील क्षेत्र रहेकोले दुर्घटना भइहालेमा तत्काल उद्दार र उपचारसँग सम्बन्धित भएर काम गर्न यो अभ्यासले भूमिका खेल्ने बताए।

सबैको समन्वय र सहकार्य निरन्तर हुनुपर्नेमा प्रजिअ दाहालले जोड दिए। उनले बाहिरबाट केही जस्तो देखिए पनि यो विमानस्थलको न्तरिक कार्य अन्तर्गत रहेको सुनाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]