०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

बाह्रखरी – आइतबार, वैशाख १८, २०७९
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्रमा त्रुटि भेटिएपछि विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । यही वैशाख १३ गते विज्ञान विषयको परीक्षा भयो । प्रश्नपत्रमा त्रुटि भेटियो । सामाजिक सञ्जालमा त्यो छरपस्ट भयो ।

त्रुटिले विद्यार्थीको मनोबल गिराउने र उनीहरू मारमा पर्ने कास्कीका विज्ञान विषयका शिक्षक पुष्प पौडेलले उल्लेख गरेका छन् । त्यस्तो प्रश्नपत्र बनाउनेलाई कारबाहीसहित ‘पीडित’ विद्यार्थीलाई क्षतिपूर्तिको व्यवस्था गर्न उनले सामाजिक सञ्जालमार्फत माग समेत गरेका छन् ।

विज्ञान विषयको प्रश्नपत्रमा अंग्रेजी अनुवाद गलत भएको, पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, सान्दर्भिक नभएको, अस्पष्टता, टेबल गलतलगायत त्रुटि रहेको उनको भनाइ छ । शिक्षक पौडेलको भनाइमा अरू व्यक्तिले पनि सहमति जनाएको देखिन्छ ।

यस्तै, गणितका केही प्रश्न स्तरभन्दा कठिन र गलत समेत सोधिएको पाइएको छ । प्रश्नहरू गलत र त्रुटिपूर्ण भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

शिक्षक दुर्गा पौडेल फेसबुकमा लेख्छिन्, “यो परीक्षा शिक्षकको हो कि विद्यार्थीको भन्ने कुरा विषयविज्ञज्यूले बुझ्नुपर्ने हो, तर बुझ्न सक्नु भएनछ । आफूलाई सुपर विज्ञ सम्झिनुभएको होला ।”

केही शिक्षकले कक्षा–१० मा कस्ता किसिमका प्रश्न सोध्ने भन्ने जानकारी नै नलिई आफूखुसी बनाउँदा यस्तो लापरबाही भएको औँल्याएका छन् ।

एसईईमा देखिएको समस्या समाधान हुने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ छ । उनले भनेका छन्, “केही प्रश्नपत्रहरूमा शिक्षकको समेत गुनासो आएको छ । सम्बोधन हुन्छ । विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।”

एसईईमा मात्र होइन, अरू कक्षाको प्रश्नपत्रमा पनि गम्भीर त्रुटि भेटिएको छ । विद्यालयको वार्षिक परीक्षाका प्रश्नपत्रमा उत्तिकै त्रुटि छन् । कक्षा–८ को नैतिक विषयको प्रश्नपत्रमा समेत त्रुटि छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले कक्षा–८, १० र १२ को वार्षिक परीक्षामा कम्तीमा पाँच वर्षसम्म प्रश्न नदोहोरिने गरी प्रश्नपत्र तयार गर्ने योजना बनाएको छ । बोर्डले पहिलो चरणमा अनिवार्य विज्ञान, अंग्रेजी र गणित विषयका स्तरीकृत प्रश्नपत्र बैंक तयार गर्नेछ । बोर्डको योजनाअनुसार प्रदेश र स्थानीय तहले बोर्डले तयार पारेको प्रश्नपत्र बैंकबाट प्राप्त गरी परीक्षाका लागि प्रश्नपत्र तयार गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]