२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लाको एक अस्पतालमा १८ वर्षकी एक नर्सको शव पर्खालमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कारपछि हत्या भएको मुद्दा चलाएको छ । प्रहरीले यो मामिलामा तीनजनाविरुद्ध उजुरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । यस्तै अस्पताल सील गरिएको छ ।

अस्पतालमा नर्सको रुपमा उनको पहिलो दिन थियो । उन्नावको बांगरमउको दुल्लापुरवामा यो अस्पताल पाँच दिन अघि खुलेको थियो ।

२५ अप्रिलमा इलाकाका विधायकले न्यू जीवन अस्पतालको उद्घाटन गरेको थियो । मृत युवती नजिकैको गाउँकी बासिन्दा थिइन् ।

घरका सदस्यको आरोपः

मृतकका मामाले बीबीसीसँगको कुराकानीमा भने, ‘शुक्रबार बेलुका जब युवती अस्पताल गइन् तब त्यहाँ कुनै बिरामी थिएनन् । उनले नजिकै भाडामा एउटा कोठा लिएकी थिइन् र उनी आफ्नो कोठा फर्किइन् । अबेर राती करिब १० बजे उनलाई फोन गरेर पुनः नर्सिङ होम बोलाइयो जहाँ उनीलाई बलात्कार गरियो र त्यसपछि उनको हत्या भयो ।’

सूचना पाएपछि युवतीकी आमा घटनास्थलमा पुगिन् जहाँ उनले अस्पतालको पर्खालमा छोरीको शव झुण्डिएको अवस्थामा भेटिन् ।

आमाले भनिन्, ‘शनिबार बिहान अस्पतालबाट फोन गरेर छोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर आयो । अस्पताल पुग्दा छोरीको शव छतमा बनेको पिलरमा झुण्डिरहेको देखेँ । जागिरका कारण नै छोरीले दुई–तीन दिनअघि कोठा लिएकी थिइन् ।’

आमाका अनुसार उनका आठ छोरीहरु छन्, मृत्यु भएकी छोरी उनकी चौथी छोरी हुन् । युवतीका तीनजना दिदीहरु पनि जागिर गर्छन् । पिताको मृत्यु १० वर्ष अघि भएको थियो । त्यतिबेलादेखि नै छोरीहरुले घर खर्च लगाउँदै आएका छन् ।

आमाले भनिन्, ‘मेरी छोरीले आफैंले कमाएर नर्स पढेकी थिइन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]