बुटवल | बैशाख १८, २०७९
निर्वाचनको मुखैमा रूपन्देहीको देवदह नगरपालिबाट अवैध हतियार सहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले देवदहको पाल्पाली सामुदायिक वनमा भरूवा बन्दुक सहित हिडेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
देवदह नगरपालिका वडा नम्बर ६ का ३६ वर्षका गणेश राना, सोही ठाउँकै ४६ का कृष्णबहादुर कामु, ४९ वर्षका सुनबहादुर आले र ३६ वर्षका चेत बहादुर दर्लामीलाई पक्राउ गरेको हो ।
उनीहरू भरुवा बन्दुक बोकेर हिडिरहेका अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारूद, ७५ पिस केप र २ थान फलामको चक्कु पक्राउ गरेको छ ।
बरामद अवैध हतियार र पक्राउ परेका चारै जनालाई जिल्ला अदालत, रूपन्देहीबाट जरुरी पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।