काठमाडौं – स्थानीय तहको चुनाव प्रचार/प्रसारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
घटनापछि दुवै पक्षले विज्ञप्ति निकालेर एकअर्कालाई दोषारोपण गरेका छन् । साथै, दुवै पक्षले क्षतिपूर्तिको माग गरेका छन् ।
नेपाली कांग्रेस रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले एमालेका १० नम्बरका वडाध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दीप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।