पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।