बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुवासँग गत १६ गते विवाह हेर्न गएकी बालिकालाई चाउचाउ किनिदिने भन्दै फकाएर पसलमा लगी त्यहाँबाट पाँच सय मिटर टाढा रहेको खाली गोठमा लगी बलात्कार गरेका थिए ।
आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गरेको हो ।
युवकले वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका हुन् ।
पीडितका बुवासँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।
घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।
बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए । शारीरिक समस्या देखिएपछि बालिकाको अप्रेसन गरिएको डिएसपी विष्टले बताए ।