०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

सोउल-  खडेरीले आक्रान्त उत्तर कोरियामा सरकारले अहिले यस समस्याको समाधान स्वरुप अफिसमा काम गर्ने कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाइरहेको छ । हालको खडेरी लामो समयसम्म रहन सक्ने हुँदा खाद्यान्न अभावको चिन्ताका कारण यस्तो उपाय लगाइएको उत्तर कोरियाको सरकारी मिडियाले बुधबार रिपोर्ट गरेको हो ।

गत वर्ष पनि उत्तर कोरियाली प्रमुख किम जोङ उनले देशको खाद्य अवस्थामा सुधार ल्याउन आवश्यक नीतिहरु कार्यन्वयन गर्न अपील गरेका थिए । कोरोना महामारी र प्राकृतिक प्रकोपका कारण नै खाद्यान्न भण्डारणमा समस्या भइरहेको उनले स्वीकारेका थिए ।

लामो समय अगाडिदेखि नै खडेरी र बाढी उत्तर कोरियाका लागि गम्भीर चुनौति मानिँदै आएको छ । खेतीमा व्यवस्थित सिँचाइ प्रणाली लगायत आवश्यक संरचनाहरुको अभावका कारण पनि त्यहाँ हरेक वर्ष यस्तो समस्या हुने गरेको छ । पहिले नै अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाको अर्थतन्त्रका लागि यो थप घातक साबित हुने निश्चित छ ।

समाचारमा यो खडेरीले पुर्याएको क्षतिबारे केही भनिएको छैन भने यो प्रयास केबल हालको सुख्खापन र आगामी संकटको समाधानको तयारी भएको उल्लेख गरिएको छ ।

राजधानी प्योङयोङको उत्तरमा पर्ने आन्जु र केचोन क्षेत्रमा स्थानीयहरुले आफैँ पोखरी निर्माण गरि त्यसमा मल अनि बोटबिरुवा बढाउने तत्वहरु राखेर खेतसम्म पानी लैजान ट्रक र ट्रयाक्टरको व्यापक प्रयोग गरिरहेका छन् ।

गत मार्चमा संयुक्त राष्ट्र संघले खाद्यान्न आयात गर्न र आफ्ना सहयोगीहरुलाई भित्र्याउन सिमाना पुनः सुचारु गर्न आग्रह गरेको थियो ।

उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित एकजना बिरामीबारे पनि आधिकारिक खबर गरेको छैन । तर विश्व खाद्यान्न कार्यक्रमको प्रक्षेपण अनुसार महामारी अगाडि नै त्यहाँका १ करोड १० लाख बढी मानिसहरु अर्थात ४० प्रतिशत जनसङ्ख्या कुपोषित अवस्थामा छ र तिनलाई तत्कालै मानवीय सहायताको आवश्यकता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]