सर्लाही — सर्लाही सदरमुकाम मलंगवाबाट शुक्रबार एक सय त्रिपन्न ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । मलंगवाको टावर चोकबाट सशस्त्र प्रहरी बिओपी मलंगवाको टोलीले १५३. ६५ ग्राम सुनसहित लालबन्दी नगरपालिका–४ का मिसरान अन्सारीलाई पक्राउ गरेको हो ।
शुक्रबार अपरान्ह ना २३ प ४४२७ नम्बरको मोटरसाइकलमा चेक गर्दा लुकाएको अवस्थामा सुन बरामद गरिएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति भरत खनियाँले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सुनसहितको १३ लाख ९७ हजार ५ सय ४१ रुपैयाँ कायम गरी मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ ।
अन्सारीलाई भने अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको खनियाँले बताए ।