महोत्तरी — महोत्तरीमा भन्सार छलिको युरिया मलसहित एक व्यक्ति पक्राउ परेका छन् । ५३ बोरा युरियासहित बर्दिवास ८ हात्तीलेटका ४० वर्षीय प्रेमबहादुर थापालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवास वडा नम्बर ३ स्थित बीपी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र २–०४–००१ च ००३६ नम्बरको पिकअपलाई जाँच्ने क्रममा ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले युरियासहित पिकअप र थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ३७ हजार १ सय भन्सार मूल्य बराबरको युरिया मल र ११ लाखको पिकअपसहित थापालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रवी रावलले जानकारी दिए ।