भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित व्यक्तिले गएराति एमालेबाट महिला वडा सदस्य उम्मेदवार बनेकी अमिता तामाङमाथि आक्रमण गरेका छन् ।
षडानन्द-१०, साङपाङकाे सन्तगाँउकी तामाङ साेही वडाबाट एमालेकाे वडा सदस्यकी उम्मेदवार हुन् ।
जिल्ला प्रहरी कार्यालय भाेजपुरले अपरिचित समूहले तामाङमाथि आक्रमण गरी फरार रहेकाले उनीहरूकाे खोजी भइरहेको जनाएको छ ।
यता घटनाकाे निन्दा गर्दै नगर क्षेत्रका ५ राजनीतिक दलहरूले दाेषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ) र जनता समाजवादी पार्टी नगर कमिटीले संयुक्त विज्ञप्ति निकाल्दै स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी घटाइएका यस्ता घटनाका आधारमा कतै पनि सामेल नहुन सबैलाई आग्रह गरेका छन् ।