सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१५ पारिजातबाट तस्करीका कपडा बरामद गरेको छ ।
भारतको जोगवनीदेखि भन्सार छली गरेर ल्याउँदै गरेको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार सशस्त्रको टोलीलाई देख्नासाथ तस्करीमा संलग्नहरु फरार बनेका थिए ।
तस्करी गरेर ल्याइएको वानपिस, सलवाल, टप्स सेट र लेगिज लगायत एक लाख ४७ हजार तीन सय रूपैयाँ बराबरको कपडा आइतबार बरामद गरिएको एसपी लामिछानेको भनाइ छ । उनका अनुसार बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।