१७ पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २७, २०७९
Sorry No Photo is selected hare

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।

उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । पूर्णिमा भण्डारी, शेष आरिफ र शेष रिजवानको चाहिँ हरिवनमा उपचार हुँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विरामी भएकाहरुको बान्ता र रगत परिक्षणका लागी खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइएको सर्लाहीका एसपी प्रवीण पोखरेलले रातोपाटीलाई बताए । परीक्षणको रिपोर्ट आएको छैन ।

प्रहरीले भन्यो–चुनावी घरदैलोमा सगुन खाएर बेहोस भए प्रहरीलाई खबर गर्नू
​स्थानीय तह निर्वाचनमा मत माग्न घरदैलोमा जाँदा ‘सगुन’ बापत स्थानीयले दिएको कोक र मिठाई खाँदा बिरामी भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ । ‘विष’ खुवाएको आरोप लागेकाहरूले ‘पोइजन खुवाएको पुष्टि भए कारवाही भोग्न तयार’ रहेको प्रहरीलाई बताएका छन् । विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् । विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]