बलात्कार आरोप लागेपछि निलम्बनमा रहेका एमाले सांसदका छोरालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले मंगलबार दिउँसो पेस्तोलसहित नियन्त्रणमा लिएको हो । जिल्लाको खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित पक्राउ परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइँदैछ ।
खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।