१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणले दक्षिण एशियाली राष्ट्रमध्ये भारतमा सबैभन्दा धेरै अर्थात् समग्रमा ३९ प्रतिशतसम्म घुसखोरी हुने गरेको देखाएको छ । अन्यत्रको तुलनामा एशियाली देशमा सबैभन्दा बढी घुस खुवाउने प्रचलन रहेको र सार्वजनिक निकाय तथा सरकारी कार्यालयको काम ४६ प्रतिशतभन्दा बढीले व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा फत्ते गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा ५० प्रतिशत नागरिकले सार्वजनिक निकायबाट कुनै पनि काम गराउँदा घुुस दिने गरेको र ३२ प्रतिशतले व्यक्तिगत चिनजानको अभावमा आफ्नो काम नभएको समेत बताएका छन् । इन्टरनेशनलले एशियाली १७ वटा मुलुकका २० हजार जनामा करिब एक वर्ष लगाएर गरेको सर्वेक्षणमा उक्त तथ्य देखिएको हो । यस क्रममा ती देशका प्रहरी, अदालत, सार्वजनिक अस्पताल र टेण्डर प्रक्रियामा सहभागी सार्वजनिक निकायलाई समेटिएको थियो ।भारतमा प्रहरीसँग सम्पर्कमा आएका ४२ प्रतिशतले घुस खुवाउनुपरेको बताएका छन् भने ४१ प्रतिशतले अतिरिक्त रकम नबुझाएसम्म प्रहरीले नियमानुसार दिनुपर्ने वा फिर्ता गर्नुपर्ने कागजातसमेत नदिने गरेको बताएका छन् । त्यसैगरी व्यक्तिगत चिनजान र सम्पर्कको आधारमा काम गर्नेमध्ये प्रहरीमा ३९ प्रतिशत, टेण्डर प्रक्रियामा ४२ प्रतिशत र अदालतमा ३८ प्रतिशत मानिस देखिएका छन् । अन्य सरकारी तथा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न घुस खुवाउनुपर्ने चलन भारतमा अझै पनि महामारीझैँ फैलिरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।घुसखोरी र भ्रष्टाचार रोक्न भारतमा केन्द्र र राज्य सरकार दुवैले सुव्यवस्थित तरिका अपनाउन ढिलो भइसकेको इन्टरनेशनलले सुझाएको छ । उसले भनेको छ ‘भारतले सार्वजनिक सेवाका लागि प्रशासनिक विद्यमान प्रक्रिया, घुस र नातावाद तथा कृपावादविरुद्ध लड्न प्रभावकारी उपाय अवलम्बन गर्न ढिलो भइसकेको छ ।’

अहिले विश्वका घुस लेनदेन र भ्रष्टाचार हुने १ सय ८० राष्ट्रमध्ये भारत ८० औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणमा नेपालका ५८ प्रतिशत र थाइल्याण्डका ५५ प्रतिशत नागरिकले आफ्नो मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएको पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]